हिमराइट्स एक चिनारी
मानव अधिकारको रक्षा, पर््रबद्धन तथा मानव अधिकार शिक्षाको आम जनमानसमाृहत् जागृति जगाउन अनुसन्धान, अनुगमन, वकालत तथा जनकुटनीतिको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको अभियानमा संलग्न अग्रज मानव अधिकारकर्मी संस्था हिमराइट्स विगत ९ वर्षेखि अनवरत रुपमा कार्यरत एक नाफारहित गैर सरकारी संस्था हो ।
"सबै मानव अधिकार सबैका लागि" भन्ने मूलमन्त्रका साथ कृयाशिल यस संस्थाका गतिविधिहरूले छोटो अवधिमा नै मुलुकको सिङ्गो मानव अधिकार आन्दोलनमा आफ्नो अग्रस्थान कायम गर्न सफल भएको छ । मानव अधिकारको विश्वव्यापकता, अविभाज्यता तथा अन्योन्याश्रतिता यस संस्थाका दर्शनगत आधारहरू हुन् । बहुलवाद, प्रजातन्त्र, विभेदरहित समाज, न्यायपर्ूण्ा शान्ति, लैङ्गकि समता यस संस्थाका पथपर्दशक सिद्धान्तहरू हुन् । महिला, बालबालिका, शरणार्थी, आन्तरिक विस्थापित, दलित, जनजाति, आदिवासी तथा जोखिममा परेका समुदायका विशिष्ट अधिकारको विशिष्ट तहमै सम्बोधन गरिनुपर्ने जिकिर यस संस्थाका रणनीतिक सिद्धान्तहरू हुन् ।
हिमराइट्स हिंसा र दण्डहिनतामा शून्य सहिष्णुता राख्दछ तथा वर्तमान शसस्त्र द्वन्द्वको पर्रि्रेक्ष्यमा अन्तर्रर्ााट्रय मानव अधिकार तथा मानवीय कानूनको परिपालनाको निम्ति स्वतन्त्र तथा निष्पक्ष वकालत गर्दछ । द्वन्द्वका कारण आम जनमानसमा परिरहेको नकारात्मक असरलाई न्यूनीकरण गर्न द्वन्द्वरत पक्षस“ग अन्तर्रर्ााट्रय मानवीय कानूनको अविछिन्न पालना गरिरहन आग्रह गर्दै न्यायपर्ूण्ा, प्रजातान्त्रिक एवं दीगो शान्तिको पक्षमा अविरल अभियानमा समर्पित छ । यस संस्थाका समकालीन परियोजना अर्न्तर्गत प्रथमतः आन्तरिक द्वन्द्वको क्रममा हुने मानव अधिकार तथा मानवीय कानूनको उल्लंघनका घटनाहरूमा स्थलगत अध्ययन, अनुगमन, सूचना संकलन, प्रवाह तथा न्याय निरुपणको निम्ति राष्ट्रिय तथा अन्तर्रर्ााट्रय स्तरमा वकालत गर्नु रहेको छ । यसै सर्न्दर्भमा द्वन्द्वका कारण पीडित, विस्थापित तथा जोखिममा परेका नागरिकको अधिकारको रक्षाको निम्ति विषम परिस्थितिमा समेत "२४ घण्टे जीवन जोगाउ अभियान" अर्न्तर्गत निरन्तर पैरवी गर्नु यस संस्थाको अर्को नबिनतम अभियान हो ।
जोखिममा परेका समुदायको अधिकारको रक्षार्थ एक विशिष्ट परियोजना अर्न्तर्गत सुरक्षित आप्रवासन सम्बन्धी सचेतना कार्यक्रमलगायत मानव बेचबिखन विरुद्धको अभियान, मानव अधिकार तालिम, बाल अधिकार तथा महिला अधिकारसम्बन्धी विविध अभियानहरू यस संस्थाका विद्यमान सामुदायिक कार्यक्रमहरू रहेका छन् । मानव अधिकारको सीमा हु“दैन र अधिकारको प्रत्याभूतिको कुनै हदबन्दी नहुने जिकिरसहित यस संस्थाले आफ्नो उद्देश्य प्राप्तिको निम्ति संयुक्त राष्ट्र संघीय विशिष्टकृत नियोगलगायत मानव अधिकारको क्षेत्रमा कार्यरत अन्य राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्रर्ााट्रय संस्थाहरूस“ग ऐक्यबद्धता तथा सहकार्य गर्दै आएको छ । हिमराइट्स "संस्था दर्ता ऐन २०३४" अर्न्तर्गत दर्ता भई समाज कल्याण परिषद्स“ग आबद्धता कायम गरी आफ्ना गतिविधिहरू संचालन गर्दै आइरहेको छ ।
मानव बेचबिखन, मानव अधिकार, बाल अधिकार उल्लघंन तथा अन्य गम्भिर प्रकृतिका सामाजिक सवालहरुविरुद्ध सशक्त आवाज उठाउ“दै आएको हिमराइट्सले यस वर्षपनि आफ्ना क्रियाकलापहरु सफलतापर्ूवक सम्पन्न गरेको छ । मानव बेचबिखनविरुद्धका अभियानहरुलाई निरन्तर रुपमा संचालन गर्दे आएको हिमराइट्सले विगत ११ वर्षो द्वन्द्वको क्रममा पीडितहरुको न्यायको पक्षमा वकालत गरेको थियो । यस संस्था अन्तरगत संचालित हिमराइट्स लाइफलाइन तथा विभिन्न संघसंस्थाहरुको सञ्जालको रुपमा स्थापित सशस्त्र द्वन्द्वमा परेका बालबालिकाहरुको संरक्षणको लागि साझेदारीको सक्रिय सदस्य संस्थाको रुपमा हिमराइट्सले यस अर्न्तर्गत संचालित मानव अधिकार तथा बालअधिकारको संरक्षणका लागि स्थानीय, जिल्लास्तरीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्रर्ााट्रय संघ संस्थाहरुस“ग सहकार्य गरेको थियो ।
यसका साथै यस वर्षशसस्त्र द्वन्द्व पश्चात प्रभावित बालबालिकाहरुकालागि मेलमिलाप तथा पर्ुनमिलन सम्बन्धि कार्यशाला गोष्ठी, चित्र कथा, र्सार्वजनिक सुनुवाई, महिला तथा महिला सभासदहरुकालागि नमूना संविधान सभा आदी प्रमुख कार्यक्रमहरुको आयोजना गरियो । यसरी स्थानीय तहदेखि केन्द्रीय तहसम्मका क्रियाकलापहरु संचालन गर्ने क्रममा हिमराइट्स आफैले पनि नया“ अनुभव हासिल गर्न सफल भएको छ ।