संविधानसभाको निर्वाचनसार्नुदुर्भाग्यपूर्ण
ललितपुर, । २०६४ असोज १८ गते
जनआन्दोलन २०६२/०६३ ले मुलुकको संकटलाई सम्बोधन गर्नका लागि निर्दिष्ट गरेको संविधानसभाको माध्यमबाट जनताले आङ्खनो संविधान आफै निर्माण गर्ने धोकोलाई सरकारले आज गरेको निर्णयको अन्यौलमा पारेको कुरा प्रति हिमराइट्सको गम्भीर ध्यानाकर्षा भएको छ ।
नेपालको इतिहासमा अहिलेसम्म तयार भएका सबै संविधानहरु, प्रभुत्ववर्गकै इच्छा बमोजिम आएको यथार्थ हो । २००७ सालदेखि प्रजातन्त्रको बहस चले पनि वास्तविक प्रजातन्त्रको अनुभूति आधारभूत तहका जनताले अहिलेसम्म गर्न पाएका छैनन् । वास्तविक प्रजातन्त्र त्यही हो, जसमा प्रत्येक नागरिकले आफ्नो शासन विधान आफैं लेख्न पाउ“छन् । तर सदियौंदेखि पछाडि पारिएका जनताले संविधान लेख्ने अधिकारको उपभोग यस अघिसम्म गर्न पाएका थिएनन् साथै जुनसुकै व्यवस्था आए पनि सीमान्तीकृत समुदायले अगाडि बढ्ने अवसर पाएनन् ।
संविधान निमार्णगर्ने सबैभन्दा उपयुक्त माध्यम संविधान सभा हो, जसमा प्रत्येक व्यक्तिले देशको मूल कानुन संविधान आफैं बनाउन पाउँछन् । संविधान निर्माणमा प्रधानमन्त्रीको जति दायित्व र स्वामित्व हुन्छ, त्यतिकै हलो जोत्ने किसानको पनि हुन्छ । जनता स्वयं संलग्न भई बनाएको संविधानमाथि जनताको अपनत्व हुन्छ । तर आजको निर्णयको देशको मूल कानून निर्माण प्रक्रियामा सहभागी हुन पाउने जनताको अधिकारमाथि कुठाराघात गरेको छ ।
तसर्थ असहमतिहरु बीच सहमति खोज्दै निर्माण भएको वर्तमान सरकारमा सामेल भएका राजनैतिक पार्टीले आ-आफ्नो हठ त्याग्दै आ-आङ्खना दलगत स्वार्थभन्दा माथि उठेर भयरहित वातावरणमा संविधानसभा सम्पन्न गर्ने कार्य सुनिश्चित गर्न हिमराइट्स सम्पूर्ण राजनैतिक पार्टीलाई आग्रह गर्दछ ।
---------------
अञ्जना शाक्य
कार्यकारी अध्यक्ष |